भौगोलिक अवस्था

 

नेपाल चाहिँ उत्तरमा चाइनाको तिब्बत सँग र पुर्व, पश्चिम र दक्षिणतिर चाहिँ भारत सँग सिमाना गाँसिएको एक भू-परिवेष्ठित देश हो। जसमध्ये नेपालमा मध्य-पुर्विया थारुहरूको मुख्य बसोबास भएको क्षेत्रहरू पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ्ग, र झापा जिल्लामा बसोबास गर्दै आइरहेको पाइन्छ। अर्थात् पूर्व मेचि देखि लिएर पश्चिम नारायणी सम्म र दक्षिणमा भारतको सिमाना र उत्तरमा नेपालको चुरे क्षेत्र सम्म मध्य-पुर्विया थारुहरूको बस्ती रहेको पाइन्छ। नेपालको ९०६९ वर्ग कि∙मि क्षेत्रमा थारुहरू पाईन्छ। नेपालको दक्षिण दिशामा भएको यो क्षेत्र समुद्र सतह देखि लगभग ५९ देखि ६००मिटरमा पर्छ। नेपालको क्षेत्रफल अनुसार करिब १७ प्रतिशतमा १४ प्रतिशत थारुहरूले ओगेटेका छन्। शहरी क्षेत्र तथा गाडीको सुबिधा भएको ठाउँ सम्म पुग्न ४ – ५ घण्टा पैदल यात्रा गर्नु पर्ने र  कुनै गाउँमा पुग्नलाई १५ मिनेट देखि३ घण्टा यात्रा गर्नु पर्ने बाध्यता छ।

थारु बस्तीहरूमा प्राय: प्राथमिक देखि माध्यमिक विद्यालयहरूछन्‍।  त्यहाँ पुग्न पनि गाउँ बाट हिँडेर जाँदा ५ – ७:३० मिनेट र कुनै गाउँबाट १५ मिनेट देखि ३० मिनेट सम्म हिंडनु पर्छ। तराइ क्षेत्र भएकोले प्राय चारै तिर सम्थर क्षेत्र भएको कारणले गाउँ घर नजिक नजिक छन्। उच्च माध्यमिक विद्यालय पुग्नको लागि १०मिनेट देखि२घण्टा  हिँडेर जानु पर्छ, अथवा कुनै कुनै त कोठा लिएर बस्नु पर्छ। त्यसैले थारुहरूले कुनै ठाउँमा धेरै त कुनै ठाउँमा कम मात्रामा उच्च शिक्षा हासिल गरेको पाइन्छ।

 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.